विश्वकप: दक्षिण अफ्रिका र वेस्ट इन्डिज, पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

विश्वकप: दक्षिण अफ्रिका र वेस्ट इन्डिज, पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने भएको छ। पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्ने छन् भने दोश्रोमा पाकिस्तान र न्युजिल्याण्ड भिड्ने छन्। 

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ भने पाकिस्तान र न्युजिल्याण्डबीचको खेल साँझ ७:४५ बाट सुरु हुनेछ। 

दक्षिण अफ्रिका यसअघि भएको खेलमा अस्ट्रलियासँग पराजित भएको थियो। यस्तै वेस्ट इन्डिज पनि इंग्ल्याण्डसँग पराजित भएको थियो।

यता पाकिस्तानले भारतविरुद्ध ऐतिहासिक जित निकाल्दै प्रतियोगिताको सुरुआत गरेको थियो। न्युजिल्याण्ड भने आज पहिलो खेल खेल्दै छ। न्युजिल्याण्डले केही समयअघि मात्र पाकिस्तानविरुद्धकाे श्रृङ्खला अन्तिम समयमा रद्द गरेकाे थियाे। त्यसैले आजकाे खेललाई निकै महत्त्वका साथ हेरिने भएकाे छ।

यस्तै गए राति सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई एक सय ३० रनले पराजित गरेकाे छ। 

९ कात्तिक, २०७८, ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।