लुम्बिनीका १२ वटै जिल्लामा एकीकृत समाजवादीको प्रशिक्षण कार्यक्रम

लुम्बिनीका १२ वटै जिल्लामा एकीकृत समाजवादीको प्रशिक्षण कार्यक्रम

बुटवल : नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशमा कार्तिक मसान्तभित्र जनवर्गिय सङ्गठन गठन गर्ने निर्णय गरेको छ।

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको सोमबार बुटवलमा बसेको सचिवालय बैठकले सङ्गठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको हो। 

बैठकले कार्तिक मसान्तभित्र जनवर्गिय सङ्गठन निर्माण लगत्तै मङ्सिर ३ देखि १६ गतेसम्म लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। ३ गते बर्दियाबाट सुरु हुने प्रशिक्षण कार्यक्रम १६ गते रुपन्देहीमा समापन गरिने समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए। 

उनका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यमा मङ्सिर २५ गते प्रदेशस्तरीय बृहत् प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको छ। 

बैठकले पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईँलाई प्रचार विभाग प्रमुख, केन्द्रीय सदस्य बृहस्पति अधिकारीलाई स्कुल विभाग प्रमुख, नेता अशोक कोइरालालाई सङ्गठन विभाग प्रमुख, प्रदेश सचिव राजु गुरुङलाई आर्थिक विभाग प्रमुख र सिद्धिचरण भट्टराईलाई प्रदेश कार्यालय सचिवको जिम्मेवारी तोकेको छ। 

बैठकले प्रदेश कमिटीलाई १ सय ६१ सदस्यीय बनाउने निर्णय गरेको छ।

८ कात्तिक, २०७८, २०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।