पाँचथरको फिदिममा भएको बस दुर्घटनामा आमा–छोरासहित ४ जनाको मृत्यु 

पाँचथरको फिदिममा भएको बस दुर्घटनामा आमा–छोरासहित ४ जनाको मृत्यु 

इटहरी  : पाँचथरको फिदिममा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सोमबार दिउँसो ११ बजे भएको दुर्घटनामा एक बालक र एक महिला सहित चार जनाको मृत्यु भएको हो। 

प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका ६ का ७ वर्षीय प्रज्वल मगर, इलामका ३४ बर्षीया प्रमीला देवान, उनकै ७ महिने छोरा निश्चल देवानको मृत्यु भएको हो। बाँकी एक जनाको अझै पहिचान हुन सकेको छैन। महिलाको समर्पित अस्पतालमा पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने को १ ख ३८६५ नम्बर को यात्रुवाहक बस निबुखोलाबाट यात्रु लिएर झापा जाने क्रममा दुर्घटनामा परेको हो।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक छ। बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेका छन्। 

सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए। घाइतेहरूको फिदिमको समर्पित अस्पताल, पाथीभरा अस्पताल र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ।

८ कात्तिक, २०७८, १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।