टी ट्वेन्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्दै

टी ट्वेन्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्दै

स्कटल्याण्ड समूह 'बी'बाट शीर्ष स्थानमा रहँदै सुपर १२ मा प्रवेश गरेकाे हाे। स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेकाे हाे। अफगानिस्तानमाथि जीत हासिल गर्ने साेचका साथ स्कटल्याण्ड मैदान प्रवेश गर्नेछ।

अफगानिस्तान पनि आज आफ्नाे पहिलाे खेलमा जीत हासिल गर्दै सुखद् सुरुआत गर्न चाहन्छ। यसअघि अफगानिस्तान र स्कटल्याण्डबीच पाँच खेल भएका छन्। त्यसमध्ये पाँचै खेलमा अफगानिस्तान विजयी भएकाे छ।

८ कात्तिक, २०७८, १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।