यू-२३ एसियन कप छनोट: नेपाल आज इरानसँग भिड्ने

यू-२३ एसियन कप छनोट: नेपाल आज इरानसँग भिड्ने

नेपाल र इरानबीच यू-२३ एसियन कप छनोटमा याे दाश्राे भेट हाे। यसअघि सन् २०१५ मा इरानसँग नेपाल ५-० गाेलअन्तरले पराजित भएकाे थियो।

इरानविरुद्ध नेपाल जीतका लागि मैदान उत्रने छ। नेपाली टाेलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आफूहरूले सक्दाे प्रयास गर्ने बताएका छन्।

नेपालले आजकाे खेलपछि बिहीबार ताजाकिस्तानविरुद्ध दाेश्राे खेल खेल्नेछ भने आइतबार लेबननसँग अन्तिम खेल खेल्नेछ। 

८ कात्तिक, २०७८, ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।