पाकिस्तानसँग भारतकाे लज्जास्पद हारपछि बनेका केही कीर्तिमान

पाकिस्तानसँग भारतकाे लज्जास्पद हारपछि बनेका केही कीर्तिमान

टस हारेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा ७ विकेटकाे क्षतिमा एक सय ५१ रन बनायाे। जवाफी ब्याटिङमा उत्रिएकाे पाकिस्तानले १७ ओभर ५ बलमै लक्ष्य भेटायाे। त्याे पनि बिना विकेट गुमाउँदै। 

पाकिस्तानका लागि ओपनिङ ब्याट्सम्यान कप्तान बाबर आजम र माेहम्मद रिजवानले उत्कृष्ट पारी खेले। बाबरले ५२ बलमा ६८ रन बनाए भने रिजवानले ५५ बलमा ७९ रन बनाए। दुवै अविजित रहे। 

भारतका लागि भने कप्तान विराट काेहलीले अर्धशतक प्रहार गरे। ४९ बलमा ५७ रन बनाए। रिसभ पन्तले ३९ रन बनाए। राेहित शर्मा शून्यमा आउट भए। केएल राहुल ३ रन बनाएर पभेलियन फर्के।

यता बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेट हात पारे। उनी खेलकाे म्यान अफ द म्याच पनि भए। 

भारत र पाकिस्तानबीचकाे खेलमा पाकिस्तान विजयी भएसँगै थुप्रै कीर्तिमान पनि बन्याे। 

भारत पहिलाे पटक टी ट्वेन्टी म्याचमा कुनै टोलीसँग १० विकेटले हारेकाे हाे। यता बाबर आजम र माेहम्मद रिजवानकाे एक सय ५२ रनकाे पार्टनरसिप टी ट्वेन्टी वर्ल्ड कपकै ओपनरद्वयकाे सबैभन्दा ठूलाे पार्टनरसिप हाे। 

यता खेलाडीले पनि थुप्रै कीर्तिमान बनाए। विराट काेहलीले विश्वकपमा पाकिस्तानसँग हार्ने पहिलाे भारतीय कप्तानकाे रूपमा आफूलाई उभ्याए। उनले कप्तानकाे रूपमा टी ट्वेन्टी विश्वकपमा अर्धशतक प्रहार गर्ने पहिलाे भारतीयकाे पनि कीर्तिमान बनाए।  राेहित शर्मा टी ट्वेन्टी म्याचमा साताैं पटक शून्यमा आउट भए। 

पाकिस्तानकाे कुरा गर्दा माेहम्मद रिजवानले टी ट्वेन्टीमा आफ्नाे एक सय क्याच पूरा गरे। 

 

८ कात्तिक, २०७८, ०७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।