टी ट्वेन्टी विश्वकप: आजकाे पहिलाे खेलमा श्रीलंका र बङ्गलादेश भिड्दै

टी ट्वेन्टी विश्वकप: आजकाे पहिलाे खेलमा श्रीलंका र बङ्गलादेश भिड्दै

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपमा आज समूह चरण पार गरेर आएका श्रीलंका र बङ्गलादेश भिड्दै छन्। समूह 'ए'काे विजेता श्रीलंका र समूह 'बी'काे उपविजेता बङ्गलादेश आज आमनेसामने हुने भएका हुन्।

सारजाह क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसाे ३:४५ बाट सुरु हुनेछ। 

श्रीलंका र बङ्गलादेश दुवै प्रतियाेगिताकाे सुपर १२ काे सुखद् सुरुआत चाहन्छन्। हाल टी ट्वेन्टी वरियतामा श्रीलंका १०औं स्थानमा छ भने बङ्गलादेश छैटाैं स्थानमा छ। 

श्रीलंका दशुन शनाकाकाे कप्तानीमा मैदानमा उत्रनेछ भने बङ्गलादेश माेहम्मद महमदुल्लाहकाे कप्तानीमा उत्रनेछ। 

आजै भारत र पाकिस्तानबीचकाे बहुप्रतीक्षित खेल पनि हुँदै छ। 

७ कात्तिक, २०७८, १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।