टी ट्वेन्टी विश्वकप: सुपर १२ का खेल सुरु, अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

टी ट्वेन्टी विश्वकप: सुपर १२ का खेल सुरु, अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

काठमाडाैंः जारी टी ट्वेन्टी विश्वकपअन्तर्गत आजबाट सुपर १२ का खेलहरू सुरु भएकाे छ। पहिलाे खेलमा हाल अष्ट्रेलिया र दक्षिण अफ्रिका भिडिरहेका छन्। 

टस जितेर अष्ट्रेलियाले बलिङ राेजेकाे छ भने खेलकाे ९ ओभर सकिँदा दक्षिण अफ्रिका ४ विकेट गुमाएर ५९ रनकाे स्थितीमा छ। 

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र प्याट कमिन्सले एक एक विकेट लिएका छन् भने जस हेजरवुडले दुई विकेट लिएका छन्। 

यस्तै आजै इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच पनि खेल हुँदै छ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बाट सुरु हुनेछ।

 

६ कात्तिक, २०७८, १६:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।