दुई मुक्तक संग्रह एकसाथ लोकार्पण

दुई मुक्तक संग्रह  एकसाथ लोकार्पण

काभ्रे : पनौती नगरपालिकामा शुक्रबार दुई वटा मुक्तक संग्रह एकसाथ लोकार्पण गरिएको छ। कवि एवं नियात्राकार प्रदीप सापकोटाद्वारा लिखित 'मनको वारपार' तथा कवि पूर्णबहादुर श्रेष्ठको 'पूर्णपात्र' लोकार्पण गरिएको हो।

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा पनौती नगरपालिका सभा हलमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टा, साहित्यकार एवं पनौती नगरपालिकाका मेयर भीम न्यौपाने दुवै कृतिबारे प्रकाश पारेका थिए।

कार्यक्रममा आयोजक संस्थाका महासचिव समालोचक डा. लेखप्रसाद निरौला, वरिष्ठ कवि मोहन दुवाल, कवि एवं पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा, साहित्यकार, कवि सूर्यप्रसाद लाकोजु लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

कृति लोकार्पण कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख न्यौपानेले बधाई व्यक्त गर्दै साहित्यको विकासको निम्ति नगरपालिका जहिले पनि सहयोग गर्न तयार रहेको बताए।

मुक्तक संग्रह 'मनको वारपार' को बारेमा समालोचक डा. निरौला तथा 'पूर्णपात्र' को बारेमा साहित्यकार लाकोजुले टिप्पणी गरेका थिए।

मनको वारपारमा १ सय १ वटा र पूर्णपात्रमा १ सय ११ वटा मुक्तक समावेश छन्।

६ कात्तिक, २०७८, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।