'फातसुङ'को अङ्ग्रेजी अनुवाद तीन देशबाट एकसाथ सार्वजनिक

'फातसुङ'को अङ्ग्रेजी अनुवाद तीन देशबाट एकसाथ सार्वजनिक

लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन्। पुस्तक एकसाथ यी तीनै देशमा सार्वजनिक गरिएको हो।

सन् २०१९ मा नेपालीमा प्रकाशित 'फातसुङ' बङ्गला भाषामा प्रकाशित भएको थियो। हिन्दीमा प्रकाशन हुने क्रममा रहेको फाइनप्रिन्टले जानकारी दिएको छ। लेखक काविमोले आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा खुसी हुँदै भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ । एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ । र एउटा समाजलाई अर्को समाजसँग जोड्छ । फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ।'

अनुवादक बरालले नेपाली साहित्यको अङ्ग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद कमै भएकाले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेको बताए।

सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले 'फातसुङ'को अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए।

छुदेन काविमोको उपन्यासबारे भारतीय लेखक एवम् जयपुर लिटरेचर फेस्टिभलकी निर्देशक नमिता गोखलेले ‘आशा, आकाङ्क्षा र तुषारपात भएको सपना नियाल्ने यो गहन र मन छुने उपन्यास' भएको प्रतिक्रिया दिएकी थिइन्। 

५ कात्तिक, २०७८, १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।