टी ट्वेन्टी विश्वकपअन्तर्गत आज समूह चरणका अन्तिम दुई खेल हुँदै

टी ट्वेन्टी विश्वकपअन्तर्गत आज समूह चरणका अन्तिम दुई खेल हुँदै

काठमाडाैंः ओमान र यूएईमा जारी टी ट्वेन्टी विश्वकपमा आज पनि समूह चरणअन्तर्गतकाे दुई खेल हुँदै छ। समूह 'ए'मा रहेका चार टोलीबीच आज प्रतिस्पर्धा हुँदै छ। 

पहिलाे खेल नामिबिया र आयरल्याण्डबीच हुँदै छ। नेपाली समयअनुसार दिउँसाे ३:४५ बाट सुरु हुने खेलका विजेता सुपर १२ मा प्रवेश गर्नेछ। आयरल्याण्ड र नामिबियाकाे समान दुई खेलमा एक जीत र एक हार रहेकाे छ। 

यता आजै श्रीलंका र नेदरल्याण्डसबीच पनि खेल हुँदै छ। खेल नेपाली समयअनुसार साँझ ७:४५ बाट सुरु हुनेछ। श्रीलंका यसअघि नै सुपर १२ मा प्रवेश गरिसकेकाले श्रीलंकाका लागि आजकाे खेल औपचारिकता मात्र हुनेछ। 

विश्वकपअन्तर्गत सुपर १२ का खेलहरू भाेलिबाट हुँदै छन्। पहिलाे खेलमा भाेलि अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै छन्। 

५ कात्तिक, २०७८, १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।