काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

काठमाडाैंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे हुनसक्ने अनुमान गरेकाे छ। डब्ल्यूएचओका अनुसार काेभिड-१९ बाट ८० हजारदेखि एक लाख ८० हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका हुनसक्छ।

याे मृत्यु सङ्ख्या सन् २०२० काे जनवरीदेखि सन् २०२१ काे मेबीचकाे हाे। 

डब्ल्यूएचओका प्रमुख टेड्राेस एडहानाेमले भने, 'स्वास्थ्यकर्मीलाई खाेपमा उच्च प्राथमिकता दिइनुपर्छ।' उनले खाेपकाे वितरणमा भएकाे अपारदर्शीताकाे पनि आलाेचना गरेका छन्। उनी भन्छन्, 'एक सय १९ देशकाे तथ्यांकका अनुसार ५ मा २ जना स्वास्थ्यकर्मीहरूले मात्र पूर्ण रूपमा खाेप लगाएका छन्।'

अफ्रिकाकाे तथ्यांकले भने १० मा १ भन्दा कम स्वास्थ्यकर्मीले मात्र पूर्ण खाेप लगाएकाे जनाउँछ। हाल विश्वमा १३ कराेड ५० लाख स्वास्थ्यकर्मी रहेकाे अनुमान गरिएकाे छ।

यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले खाेपकाे अभावका कारण महामारीकाे प्रकाेप आगामी वर्ष पनि दाेहाेरिने बताएका थिए।

५ कात्तिक, २०७८, ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।