श्रीलंका टी ट्वेन्टी विश्वकपकाे सुपर १२ मा प्रवेश, आज पनि दुई खेल हुँदै

श्रीलंका टी ट्वेन्टी विश्वकपकाे सुपर १२ मा प्रवेश, आज पनि दुई खेल हुँदै

काठमाडाैंः ओमान र यूएईमा जारी टी ट्वेन्टी विश्वकपकाे सुपर १२ मा श्रीलंकाले स्थान सुरक्षित गरेकाे छ। हिजाे भएकाे खेलमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै श्रीलंका सुपर १२ मा प्रवेश गरेकाे हाे।

श्रीलंकाले लगातार दुई खेलमा दुई जीत निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा रहेर सुपर १२ प्रवेश गरेकाे हाे। 

श्रीलंकाले पहिले ब्याटिङ गर्दै दिएको एक सय ७२ रनको लक्ष्य आयरल्याण्डले भेटाउन सकेन। १८ ओभर ३ बलमा आयरल्याण्ड अलआउट हुँदै एक सय एक रनमा समेटिएकाे थियाे।

यस्तै आज पनि विश्वकपअन्तर्गत दुई खेल हुँदै छन्। पहिलाेमा बङ्गलादेश र पपुवा न्युगिनी दिउँसाे ३:४५ मा भिड्दै छन् भने दाेश्राेमा ओमान र स्कटल्याण्ड साँझ ७:४५ मा भिड्दै छन्। ओमानविरुद्धकाे खेल जितेमा स्कटल्याण्ड पनि सुपर १२ मा पुग्ने प्रवल सम्भावना रहेकाे छ। 

४ कात्तिक, २०७८, ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।