बेमाैसमी वर्षाकाे ताण्डव (फोटोफिचर)

बेमाैसमी वर्षाकाे ताण्डव (फोटोफिचर)
केही दिनयताकाे वर्षाका कारण सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको बस्तिमा पसेको माहुली खोलकाे बाढी। तस्बिरः अरुणकुमार यादव, रासस

काठमाडाैंः देशभर हाल बेमाैसमी वर्षा र बाढीले उग्र रूप लिइरहेकाे छ। चार दिनयता परेकाे अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिराे गएकाे छ। 

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी तथा पहिराेमा परी हालसम्म ३६ जनाकाे ज्यान गइसकेकाे छ भने ३२ जना बेपत्ता छन्। त्यस्तै १७ जना घाइते भएका छन्। 


बस्तीमा पसेकाे माहुली खाेलाकाे बाढी। तस्बिर: अरुणकुमार यादव


सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका वडा नं १ भारदहमा पाक्न लागेको धानबालीमा बेमौसमी वर्षा र हाबाहुरीको कारण पुर्याएको क्षति। तस्बिर: अरुणकुमार यादव


कर्णाली नदीबाट आएको बाढीले ईलाका प्रहरी कार्यालय टीकापुर डुवानमा। तस्बिर: झलनाथ खनाल

हिजाे सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रकाेप निम्त्याएकाे वर्षा आज पूर्वतिर सर्दै गएकाे छ। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले प्रदेश १ मा आगामी २४ घण्टामा भीषण वर्षा हुन सक्ने जनाएकाे छ। यस्तै साे स्थानमा बाढी र पहिराेकाे जाेखिम बढेकाे पनि जनाएकाे छ।

 
दमक–७ स्थित पशुहाट बस्तीमा रतुवा खोलामा आएको बाढीले एउटा घर बगाउने क्रममा। खोलामा आएको बाढीले त्यहाँका सात वटा घर बगाउनुका साथै थप १७ वटा घर जोखिममा परेको वडाध्यक्ष भीमप्रसाद पौडेलले बताए। तस्बिर: यज्ञराज आङदेम्बे


जुम्लाकाे तिला गाउँपालिका-४ साँपुल्ली गाउँस्थित बाढीले भत्काउनै थालेको भेरीखोला साना जलविद्युत आयोजनाको विद्युत गृह। तस्बिर: शुरबहादुर सिंह

सबै तस्बिरहरूः रासस

३ कात्तिक, २०७८, ११:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।