टी ट्वेन्टी विश्वकप: आज दुई खेल हुँदै

टी ट्वेन्टी विश्वकप: आज दुई खेल हुँदै

काठमाडाैंः टी ट्वेन्टी विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछ। पहिलाे खेलमा स्कटल्याण्ड र पपुवा न्युगिनी भिड्दै छन् भने दोश्रोमा बङ्गलादेश र ओमान भिड्दै छन्।

स्कटल्याण्ड र पपुवा न्युगिनीबीचकाे खेल नेपाली समयअनुसार दिउँसाे ३:४५ बाट सुरु हुनेछ। यस्तै बङ्गलादेश र ओमानबीचकाे खेल साँझ ७:४५ बाट सुरु हुनेछ। 

स्कटल्याण्डले पहिलाे खेलमा बङ्गलादेशलाई पराजित गर्दै विजयी यात्रा सुरु गरेकाे थियाे। पपुवा न्युगिनी भने ओमानसँग पहिलाे खेलमा पराजित भएकाे थियाे। 

ओमानमा जारी प्रतियाेगितामा हाल समूह चरणका खेल भइरहेका छन्। 

२ कात्तिक, २०७८, ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।