साफमा नेपाल उप-विजेता , भारत आठौँ पटक च्याम्पियन

साफमा नेपाल उप-विजेता , भारत आठौँ पटक च्याम्पियन
फायल फोटो

काठमाडौँ : पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल विजेता बन्न सकेन। फाइनलमा भारतसँग भेट भएको खेलमा दोस्रो हाफमा सम्हालिन नसक्दा भारतले लगातार २ गोल हान्यो। अन्तिम समयमा थप एक गोल थपेर भारतले प्रतियोगिताको उपाधी पक्का गर्यो।

पहिलो हाफमा भारतीय टोलीले दबदबा बनाए पनि गोल हुनबाट रोक्न नेपाली टोली सफल भएको थियो। दोस्रो हाफमा नेपाली टोलीले प्रेसर बढाए पनि गोल भने हुन सकेन।

मालदिभ्सको मालेमा रहेको राष्ट्रिय फुटबल रङ्गशालामा भएको प्रतियोगितामा नेपाल उप-विजेता बन्यो। प्रतियोगितामा प्रभावशाली खेल खेलेर फाइनलमा पुगेको थियो। फाइनलको यात्रा तय गर्दा नेपाली टोली भारतीय टोलीसँग मात्र हारेको थियो।

२ खेल जितेको नेपालले एक खेलको बराबरी नतिजा निकालेर फाइनल पक्का गरेको थियो। फाइनल खेलको समयमा निरन्तर पानी परेकाले दुवै टिमका खेलाडीलाई असहज भएको देखिन्थ्यो। 

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो। भारतले शनिवारको जित सहित ८ पटक साफ च्याम्पियन बनेेको छ।

३० असोज, २०७८, २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।