पहिलो हाफ गोलरहित: नेपाल बढी नै रक्षात्मक

पहिलो हाफ गोलरहित: नेपाल बढी नै रक्षात्मक
फायल फोटो

काठमाडौँ : नेपाल र भारतबिच भइरहेको साफ च्याम्पियनसिप फाइनल खेलको हाफ टाइम गोलरहित बराबरीमा सकिएको छ।

मालदिभ्सको मालेमा रहेको राष्ट्रिय फुटबल रंगशालमा भइरहेको प्रतियोगितामा दुवै टिमले गोल गर्न सकेनन्। पहिलो हाफमा भारतले खेलमा दबदबा कायम गरेको थियो।

भारतले पाएको गोलको मौकालाई नेपाली रक्षकले सार्थक हुन दिएनन्। नेपाली टोलीले पोस्ट चार्ज गर्न सकेका छैनन्।

निरन्तरता पानी परेकाले दुवै टिमका खेलाडीलाई असहज भएको देखिन्थ्यो। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो। भारतले ७ पटक जितिसकेको छ।

३० असोज, २०७८, २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।