उकेरा जुनियर

बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा


खोटाङः स्रष्टा श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा आएको छ। ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो।

२०७२ सालयता काठमाडौंमा बसेर साहित्य र पत्रकारितामा संलग्न राईका बालकथा सङ्ग्रहमा ‘बलजितको जुक्ति, मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ कथा छन्। ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ।

बालकथा सङ्ग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामुलक र उत्तिकै रमाइला लाग्ने कथाकार राईले बताए। हिमालय म्याप हाउस प्रालिले वितरणको जिम्मा लिएको ‘पोलेको मकै’को मूल्य ९९ रुपैयाँ ताेकिएकाे छ। सर्जक गंगा कर्माचार्य पौडेलले सम्पादन गरेको सङ्ग्रहको चित्र राजकुमार प्रजापतिले तयार पारेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

राष्ट्रव्यापी बाल शास्त्रीय सङ्गीत प्रतियोगितामा रूपक प्रथम, नूर दोस्रो

उनले इशराज बजाएकी थिइन्। सोही प्रतियोगितामा बेला बजाएर सौम्य सिंह तेस्रो भएकी थिइन् भने आहाना महर्जनले सान्त्वना पुरस्कार पाइन्। शास्त्रीय सङ्गीतलाई फैलाउन किरातेश्वर संगीताश्रमले हरेक....

एक शिर्षक, दुई कथा : शंका

२ गाउँमा कुनै गाउँलेको घरको भित्ता दिनभरी परेको वर्षाले गर्दा भत्कीन लागेको थियो । उनको १० वर्षको छोराले बाबालाई....

फ्याउरो र बाख्री

फ्याउरोको यो कुरा सुनेपछि बाख्रीले निकै आत्मविश्वासका साथ भनि,- " राम्रो सोच्नेलाई कहिल्यै पनि नराम्रो हुँदैन फ्याउरो दाई । तिमीले झुठो बोले पनि मैले पत्याएँ....

सङ्गत

एकदिन उनै साथीहरुको लहलहैमा लागेर कमल पनि खोलामा पौडी खेल्न गयो । स्कूलमा छुट्टी भईसकेको थिएन । खोलामा पौडी खेल्दा उसलाई रमाईलो पनि लाग्यो ।....

जिम क्यारीको चेक

उनमा आत्मविश्वास भने गज्जबको थियो । भनिन्छ उनी खासै लोकप्रिय नभएकै अवस्थामा पनि उनले आफुसँग भएको एउटा चेकमा आफ्नै नाममा एउटा १० मिलियन डलरको चेक....