साफ च्याम्पियनसिप: नेपाल पहिलो पटक फाइनलमा

साफ च्याम्पियनसिप: नेपाल पहिलो पटक फाइनलमा

काठमाडौः नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्समा जारी प्रतियोगितामा आज बङ्गलादेशविरुद्ध भएको खेलमा १-१ को बराबरी गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो।

नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि अञ्जन विस्टले खेलको ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्। त्यसबाहेक नेपालले पाएको थुप्रै अवसर गुमाएको थियो। नेपालले खेलमा पकड पनि राम्रै राखेको थियो। खेल अवधिभर नेपालले ६७ प्रतिशत बल पोजेसन कायम गरेको थियो। 

यस्तै नेपालले बङ्गलादेशको पोस्टमा कूल १८ सट प्रहार गरेको थियो। त्यसमध्ये केवल ३ सट सटिक थियो भने गोल भने एउटै पनि भएको थिएन।  

बङ्गलादेशका लागि भने खेलको सुरुआतमै सुमोन रेजाले खेलको नवौं मिनेटमा गोल गरेका थिए।

योसँगै नेपाल अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनल प्रवेश गरेको छ। चार खेलमा २ जीत, एक हार र एक बराबरीसहित नेपाल फाइनलमा प्रवेश गरेको हो। 

यता आजै राति ९:४५ मा भारत र माल्दिभ्स भिड्दै छन्। सो खेलको विजेता सोझै फाइनलमा प्रवेश गर्नेछ भने बराबरी गरेमा माल्दिभ्स फाइनलमा प्रवेश गर्नेछ।

२७ असोज, २०७८, १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।