भुईँ छाड्ने प्रतिस्पर्धा

भुईँ छाड्ने प्रतिस्पर्धा

भक्तपुर : दसैँको रमाइलोमा पिङ कहाँ छुट्छ र। साथीभाइ र परिवारको साथ लट्ठामा राखेको पिङ मच्चिनुको मजै बेग्लै हुन्छ नै। त्यसमा पनि दसैँमा एक पटक भुईँ छाड्नुपर्छ भन्ने मान्यता समेत रहेको छ। 

तर अहिले काठमाडौँ उपत्यकामा बिस्तारै पिङ हराउँदै गएको छ। खाली ठाउँको अभावमा पिङ हाल्न चाहनेहरूले पनि रहर पुरा गर्न सकेका छैनन्। केही केहीले खोला किनार र कतै खुल्ला सरकारी जग्गा भए पिङ राख्ने गरेको पाइन्छ।

बुधवार भक्तपुरको चार दोबाटो विष्णुकन्ठपोखरीमा पुग्दा स्थानीय बालबालिकाहरू पिङमा मच्चिएर रमाइरहेका थिए।

२७ असोज, २०७८, १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।