मोतीपुर क्षेत्रमा फेला पर्‍यो पेट्रोल बम

मोतीपुर क्षेत्रमा फेला पर्‍यो पेट्रोल बम

काठमाडौँ : सशस्त्र प्रहरीले मोतीपुर औद्योगिक क्षेत्र आसपासबाट ठुलो सङ्ख्यामा पेट्रोल बम फेला पारेको छ। केही दिन यता अशान्त रहेको सो क्षेत्रमा खोजी गर्दा सशस्त्र प्रहरीले पेट्रोल बम फेला पारेको हो।

बियर र मदिराका बोतलमा पेट्रोल, सिसा र फलामका टुक्रा भरेको अवस्थामा फेला पारेको हो। के-कती परिणाममा बरामद गरिएको हो भन्ने यकिन हुन अझै केही समय लाग्ने सशस्त्र प्रहरीले बताएको छ।

गत आइतबार मोतीपुर औद्योगिक कोरिडोरको जग्गा कब्जा गरेर बसेकाहरूलाई हटाउने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो। झडपमा प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका थिए। प्रदर्शनमा ४ जनाको ज्यान गएको थियो भने प्रदर्शनकारी र सुरक्षाकर्मीगरी ५० भन्दा बढिको ज्यान गएको थियो।

२७ असोज, २०७८, १८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।