मध्यपहाडी लोकमार्ग: ९५ प्रतिशत काम सम्पन्न

मध्यपहाडी लोकमार्ग: ९५ प्रतिशत काम सम्पन्न

कास्कीः राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका-२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ। पोखरा- बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किलोमिटर सडकको ९५ प्रतिशत काम सकिएको हो।

मध्यपहाडी सडक आयोजनाका अनुसार ढिलोमा आगामी माघ महिनाभित्र सम्पूर्ण काम सम्पन्न हुनेछ। आयोजनाले जनाएअनुसार फेदीदेखि घट्टेखोलासम्मको दुई किलोमिटर सडकबाहेक अन्य सबै स्थानमा अस्फाल्ट कालोपत्रे गरिएको छ। सो स्थानमा समेत कालोपत्रेको सबै काम तयारी अवस्थामा रहेको बताइएको छ।

हाल सो सडकमा रोड मार्किङको काम भइरहेको छ। आयोजनाका इञ्जिनियर अनन्त बरालका अनुसार यसअघि नै निर्माण सम्पन्न हुनुपर्ने सडक विद्युतका पोल र खानेपानीका पाइप स्थानान्तरणको समस्याले ढिलो भएको हो। यस्तै कोरोनाका कारण आयोजना प्रभावित भएपछि तेस्रो पटकसम्म म्याद थप गरिएको उनले बताए।

२७ असोज, २०७८, ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।