दशैंमा घर जानेहरू..... (फोटो फिचर)

दशैंमा घर जानेहरू..... (फोटो फिचर)

बुटवल: बडादशैंको आगमनसँगै रुपन्देही छाड्नेको संख्या बढ्न थालेको छ। बुटवलको नयाँ बसपार्कमा हिजोको तुलनामा आज दोब्बरभन्दा बढीले रुपन्देही छाडेका छन्।

खासगरी पहाडी जिल्लाहरू पाल्प, गुल्मी, अर्घाखाँची, स्याङजा जाने सवारी साधनमा यात्रुको चाप बढी देखिने गरेको छ। 

अधिकांश सरकारी तथा निजी कार्यालयमा फूलपातीबाट विदा समेत हुने भएकाले अधिकांशले फूलपातीको दिनबाट गाउँ जाने सुर कस्छन्। 

बसपार्कमा भेटिएकाहरू अधिकांशले शहरमा दशैं खल्लो हुने भएकाले गाउँमा जान लागेको बताएका थिए।

गुल्मी मालिका गाउँपालिका- ६ अर्जै जान हिँडेका जीवन अर्याल दशैंमा शहर सुनसान हुने र बुवा आमा सवै गाउँमा भएकाले घर हिँड्न लागेको बताए। 

अघिल्लो दशैं कोरोनाका कारण खल्लो भए पनि यो वर्ष धेरै साथीहरू गाउँ गएकाले गत वर्षको तुलनामा यस वर्ष दशैं अझ रमाइलो हुने उनले बताए।

२७ असोज, २०७८, ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।