सात दशकपछि तीन गुथियारले बोके शक्तिको प्रतीक तीन खड्ग

सात दशकपछि तीन गुथियारले बोके शक्तिको प्रतीक तीन खड्ग

ललितपुर : देशै भरी मोहनी नख:को सुरुवात तथा फूलपाती भित्रीदैं गर्दा ललितपुर पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मङ्गलवारका दिन मू छें आगंम घरबाट मूल चोकमा भित्र्याइएको छ।

मङ्गलवार  मू छें माजुको देवालयमा शक्तिको प्रतीक तीन खड्ग ७ दशकपछि तीन गुथियारहरुले बोकेर मानमानेस्वरीलाई भित्राइएको छ ।

स्थानीय भाषामा "द्यो: क्वहाँ बिज्याकेगु" भनी  घटस्थापनादेखि साधना गरिएको उक्त देवीको प्रतिमा र पौराणिक तीन खडगसहित बिधिवत पूजाआजा सम्पन्न गरी ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायतको समुपस्थितमा बाजागाजासहित मूल चोकमा भित्राइएको हो।

खडगसिद्धी र शक्ति साधनासँग सम्बन्धित यस मानमानेश्वरी देवी लिच्छवी राजा मनदेवको इस्टदेवी रहेको मानेको पाइन्छ। यस मूर्तिसँगै शक्तिको प्रतीक तीन खड्ग बिधिवत पूजाआजापछि १९९० सालको महाभूकम्पबाट भत्किएको मूल चोकको उत्तर पश्चिम कुनास्थित मुछेँ माजु मानमानेश्वरी देवी मन्दिरको गर्भमा राखिन्छ।

'गत वर्ष पनि कोभिड महामारीका कारण लिच्छवी कालिन यस पाय: खड्ग जात्रा साङ्केतिक रूपमा सम्पन्न गरियो । यस पटक झन्डै ७ दशकपछि आकाश, धरती र पाताल गरी त्रिभुवनमाथि  विजयको प्रतीक स्वरूपी तीन खडगहरु कुल परम्परा सम्बन्धित गुथियार दाजुभाइ समेत जागरूक बनाई सम्पन्न गर्न पाएकोमा गौरवान्वित महसुस गरेको छु ,' मूल गुठियार एवं मुछेँ आगम गुठी तथा खड्ग जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले भने।

यस अगाडि २०५१ सालदेखि विविध कारणले रोकिएको परम्परा जनप्रतिनिधिविहीन अवस्थामा पत्रकार दबूको पहलकदमी अनि ललितपुर उद्योग वाणिज्य सङ्घ पदेन संयोजक बनाई यल सांस्कृतिक पर्व संरक्षण समिति बनाई थालिएको थियो।

सामूहिक प्रयासपछि २०७४ मा २३ बर्सपछि मू छेँ आगम घरबाट साम्राज्यदेवले लिच्छवी कालिन पाय: २३ वर्षपछि पुनः निकाल्ने सङ्कल्प अनि क्षमा पूजासँगै पाँच वर्षदेखि रोकिएको नवदुर्गा नाच (गथूप्याखँ) सो वर्ष सञ्चालन गर्ने  प्रतिबद्धता आएको थियो।
 

२६ असोज, २०७८, २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।