सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना : ३३ जना घाइते

सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना : ३३ जना घाइते

काठमाडौँ : काठमाडौँबाट दोलखा चरिकोट जान लागेको बस सिन्धुपाल्चोकको लामो साँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्।

काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा ४ ख १८०२ नम्बरको बस सडकबाट खसेको हो।

मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बसका चालक प्रहरीको नियन्त्रणमा छन्। ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौँ रिफर गरिएको छ।

२६ असोज, २०७८, १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।