दसैँको यात्रु भरिएको बस दुर्घटना :२२ जनाको मृत्यु

दसैँको यात्रु भरिएको बस दुर्घटना :२२ जनाको मृत्यु

मुगु : मुगुको छायानाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ।

दुर्घटनामा १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो।

बसमा दसैँ मनाउन घर फर्किरहेका यात्रुहरू थिए। दुर्घटनाका घाइतेको उद्धारमा हेलिकप्टर प्रयोग गरिएको छ।

२६ असोज, २०७८, १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।