बस र हायस दुर्घटना, २८ जना घाइते

बस र हायस दुर्घटना, २८ जना घाइते

धनगढी : कैलालीमा भएको हायस र मोटरसाइकल ठोक्किँदा १२ जना घाइते भएका छन्।

धनगढीबाट छुटेको से १ ज ११०५ नम्बरको हायसले पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगङ्गा नगरपालिका वडा नम्बर ४ राजीपुरमा से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हायसमा सवार ११ र एक जना मोटरसाइकल चालक गरी १२ जना घाइते भएका हुन्।

धनगढीबाट टीकापुर गइरहेको हायसले रोड क्रस गरिरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय चौमलाका प्रहरी नायब निरीक्षक वीरबहादुर बोहराले बताए।

मोटरसाइकल चालक धनगढी वडा नम्बर १५ का लक्ष्मण चौधरीको अवस्था गम्भीर छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरुहेको छ।

यस्तै आज बिहान धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस डडेलधुरामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए । उनका अनुसार ब्रेक फेल भएर बस नालीमा पल्टिएको थियो । घाइते सबैको अवस्था सामान्य छ ।

२६ असोज, २०७८, १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।