आईपीएल जित्ने सपना फेरि टुटेपछि मैदानमै रोए विराट कोहली

आईपीएल जित्ने सपना फेरि टुटेपछि मैदानमै रोए विराट कोहली

एजेन्सीः एकदिवसीय र टेस्टका भारतीय क्रिकेटका कप्तान विराट कोहली मैदानमै रोएका छन्। जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा पराजय व्यहोरेपछि कोहली मैदानमै रोएका हुन्।

कोलकाता नाइट राइडर्ससँग भएको खेलमा हिजो रोयल च्यालेञ्जर्स बेंग्लोर पराजित भएको थियो। एलिमिनेटर चरणमा पराजयसँगै बेंग्लोरको ट्रफि उचाल्ने सम्भावना हिजै समाप्त भएको हो।

यस्तै हिजोको खेल विराटका लागि कप्तानका रूपमा अन्तिम खेल थियो। कप्तानका रूपमा आफ्नो अन्तिम खेलमा पराजय व्यहोरेपछि उनी त रोए नै अर्का दिग्गज क्रिकेटर एवी डि भिलियर्स पनि रुँदै गरेको भिडियो सार्वजनिक भएको छ।

खेलमा पहिला टस जितेर बेंग्लोरले ७ विकेटको क्षतिको एक सय ३८ रन बनाएको थियो। उक्त लक्ष्य कोलकाताले ६ विकेटको क्षतिमा १९औं ओभरमा पूरा गरेको थियो।

२६ असोज, २०७८, ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।