जर्मनी बन्यो २०२२ को विश्वकपमा छनोट हुने पहिलो टोली

जर्मनी बन्यो २०२२ को विश्वकपमा छनोट हुने पहिलो टोली

काठमाडौः सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ- जर्मनी। विश्वकपको युरोपियन छनोटअन्तर्गत सोमबार राति नर्थ मेसोडोनियालाई ४-० गोल अन्तरले पराजित गर्दै जर्मनी विश्वकपमा छनोट भएको हो।

जर्मनीको लागि टिमो वेर्नरले २ गोलसहित काई हाभर्ट्ज र जमाल मुसियालाले समान १-१ गोल गरे। जीतसँगै दुई खेलअगावै जर्मनी विश्वकपमा छनोट भएको छ। जर्मनीले आगामी दुई खेल लिचेस्टाइन र अर्मेनियासँग खेल्नेछ।

आयोजक राष्ट्रको रूपमा कतार छनोट भएपछि छनोट चरण पार गरेर विश्वकप खेल्ने पहिलो टोली जर्मनी बनेको हो।

२६ असोज, २०७८, ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।