नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार ३ अर्ब ६३ करोड 

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार ३ अर्ब ६३ करोड 

काठमाडौँ : सेयर कारोबार मापक नेप्से दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक २३.१९ अङ्कले घटेर २६३९.३७ मा ओर्लिएको छ। आइतबार पनि नेप्से दोहोरो अंकले घटेको थियो। 

नेप्सेमा सोमबार कारोबार रकम पनि घटेको छ। २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको सेयर मूल्य बढेको छ। भने ११ उपसमूहको सेयर मूल्य घटेको छ। सामूहिक लगानी कोष ०.०६ र लगानी ०.९१ विन्दुले बढेको छ। 

बैङ्किङ १६.२५, व्यापार ६४.४९, होटेल र पर्यटन १८.६३, जलविद्युत् ३२.९३, वित्त ४२.७५, निर्जीवन बिमा ७८.९६, उत्पादन १८.१६, अन्य ३७.५२, लघुवित्त ६७.५८ र जीवन बिमा ४१.०६ विन्दुले घटेको छ। 

कारोबारका आधारमा नबिल बैङ्क शीर्ष स्थानमा रहेको छ। सोमबार नबिल बैङ्कको १७ करोड १३ लाख ८५ हजार ३१८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।  हिमालयन डिस्टिलरी १६ करोड ९२ लाख ४१ हजार ३१७, महालक्ष्मी विकास बैङ्क १२ करोड ४३ लाख ७६ हजार ४८, नेपाल पूर्वाधार बैङ्क ११ करोड ६७ लाख २८ हजार ७८४ र नेपाल बैङ्क १० करोड ५० लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

२५ असोज, २०७८, १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।