उकेरा प्रदेश

मोतीपुर झडपमा ज्यान गएका प्रदर्शनकारीको परिवारलाई एक लाख राहत

उकेरा संवाददाता


बुटवल : रुपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा परी मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

बुटवल उपमहानगरपालिका-१७ मोतीपुरमा सुकुम्वासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबिच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए।

आइतबार प्रस्तावित ‍औधोगिक क्षेत्रमा जग्गा हडपेर बसेकाहरूलाई हटाउनेक्रममा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चार जनाको ज्यान गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानन्यायाधीशबारे मुख खोले प्रचण्डले : महाअभियोगबारे छलफल भएको छैन

चितवन पुगेर प्रचण्डले सञ्चारकर्मीसँग प्रधानन्यायाधीशबारे बढेको विवादबारे गठबन्धनमा रहेका पाँचै दलको बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने बताए। उनले सोमबार गठबन्धनका पाँच मध्ये तीन पार्टी....

प्रधानमन्त्रीलाई बाढी पीडितको प्रश्न ‘हेलिकप्टरबाट हाम्रो भत्केको घर देखियो त ?'

कार्यक्रममा पनि निक्कै हडबडमा देखिएका उनले स्थानीय नेता र कार्यकर्तासँग भेट्न इच्छा गरेनन्। कोरोना महामारीको तर्क गरेर उनले कार्यकर्ताले लगाउन तयार पारेको माला र खादा....

होटलमा काममा लगाउने प्रलोभनमा यौन शोषण गरेको आरोपमा २ जना पक्राउ

पोखरा महानगरपालिका-६ लेकसाइडमा रहेको होटेल ड्रिमल्याण्डमा महिलाहरूलाई काममा लगाई दिन्छु भन्दै उनीहरूले फकाएर यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको....

‘राहत पोको पारेर वितरण गर्ने काम प्रदेश सरकारको होइन’  

प्रदेश सरकारले विभिन्न संघ÷संस्थासँग समन्वय गरेर तत्कालीन राहतस्वरुप खाद्यान्न, लत्ता-कपडा, त्रिपाल, टेन्ट, स्वास्थ्य सामग्री हेलिकप्टरमार्फत पहाडी जिल्ला पुर्‍यायो। तर त्यो राहत सामग्री प्रभावित परिवारहरूले अझै....

लुम्बिनीका १२ वटै जिल्लामा एकीकृत समाजवादीको प्रशिक्षण कार्यक्रम

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशको सोमबार बुटवलमा बसेको सचिवालय बैठकले सङ्गठन विस्तारलाई तीव्रता दिने निर्णय गरेको हो।  बैठकले कार्तिक मसान्तभित्र जनवर्गिय सङ्गठन निर्माण लगत्तै मङ्सिर....