साफ च्याम्पियनसिपको फाइनल पुग्न नेपालले बङ्गलादेशसँग बराबरी या जित निकाल्नु पर्ने 

साफ च्याम्पियनसिपको फाइनल पुग्न नेपालले बङ्गलादेशसँग बराबरी या जित निकाल्नु पर्ने 

मालदिभ्सको मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतका कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा निर्णायक गोल गरे। 

सुनिलले गरेको गोलले भारत विजयी भयो। भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ। साफ च्याम्पियनसिपको जारी खेलमा नेपालको यो पहिलो हार हो। नेपाल ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ भने ६ अङ्क जोडेको मालदिभ्स शीर्ष स्थानमा उक्लिएको छ। भारतले ३ खेलमा ५ अङ्क जोडेको छ। 

नेपालले अब अन्तिम खेल बङ्गलादेशसँग बुधबार खेल्दैछ। 

नेपाल बङ्गलादेशसँग बराबरी वा जित निकाले फाइनल पुग्नेछ। बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ। श्रीलङ्का प्रतियोगिताबाट बाहिरिइसकेको छ। 

२५ असोज, २०७८, ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।