उद्योगीलाई अर्थमन्त्रीको प्रश्न : व्यापार मात्रै गर्ने कि उद्योग खोलेर आत्मनिर्भर बन्ने? 

उद्योगीलाई अर्थमन्त्रीको प्रश्न : व्यापार मात्रै गर्ने कि उद्योग खोलेर आत्मनिर्भर बन्ने? 

आइतबार अर्थ मन्त्रालयमा स्टिल उद्योगीहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले कार्यदल बनाई अध्ययन गर्ने जानकारी दिएका हुन्। कार्यदलको अध्ययन प्रतिवेदन प्राप्त भएपछि डन्डी विवादका विषयमा आवश्यक निर्णय गरिने उनले बताए। 

कार्यदलले दुवैथरि स्टिल उद्योगहरूको सम्बन्धमा मूल्य अभिवृद्धि, विद्युत् खपत, रोजगारीको अवस्था, श्रम शक्ति, कानुनी प्रावधानहरू, छिमेकी देशहरूको अभ्यास, प्रदूषणलगायतका विषयहरूमा अध्ययन गरी प्रतिवेदन तयार गर्ने अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।  

मन्त्री शर्माले आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यमा आधारित भएर स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सार र अन्तःशुल्क हटाइएको बताए। ‘व्यापार मात्र गरेर खाने हो कि देशमा उद्योग धन्दा खोलेर आत्मनिर्भर बन्दै जाने हो?’ अर्थमन्त्री शर्माले प्रश्न गरे।

२४ असोज, २०७८, २०:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।