टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित  

टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित  

काठमाडौँ : कवि एवम् निबन्धकार अनिल श्रेष्ठको निबन्ध कृति टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित भएको छ। पुस्तक विवेक सृजनशील प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो।

पुस्तक सार्वजनिक गरिएको कार्यक्रममा समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले अब निबन्ध ‘टेबुल गफ’मात्रै हो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए। उनले श्रेष्ठका निबन्धहरू नेपाली साहित्यको सन्दर्भमा सशक्त भएको बताए। 

अर्का समालोचक डा. बिन्दु शर्माले श्रेष्ठका निबन्धहरूमा देखिने पात्रहरूबारे विस्तारमा उल्लेख नभएको बताइन। उनले आगामी लेखनमा त्यसतर्फ ध्यान दिन आग्रह गरिन। 

निबन्धकार नवीन विभासले श्रेष्ठका निबन्धमा स्थानीय रङ पाइने बताए। निबन्धकार श्रेष्ठले आलोचनाबाट आफूलाई  खार्न र अघि बढ्न थप ऊर्जा प्राप्त हुने गरेको बताए। 

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष समालोचक प्रमोद प्रधानले श्रेष्ठलाई चिन्न पुस्तक पढेर मात्र नहुने बताउँदै त्यसबाहिर पनि सूक्ष्म अध्ययन गर्नुपर्ने उल्लेख गरे।

२३ असोज, २०७८, २०:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।