उकेरा कला

ड्रग्स लिने गरेकाे पुष्टि भएपछि शाहरुख खानका छाेरा जेलमा

एजेन्सी


एजेन्सीः बलिउड अभिनेता शाहरुख खानका छाेरा आर्यन खान जेल चलान गरिएका छन्। आर्यनलाई ड्रग्स पार्टीमा सामेल भएकाे आराेप लागेकाे थियाे। 

नार्काेटिक्स कन्ट्राेल ब्यूराेसँग साेधपुछका क्रममा आर्यनले आफूले ड्रग्स लिने गरेकाे बयान दिएका थिए। आर्यनले चरेस सेवन गर्ने गरेकाे बताउँदै ड्रग्स पार्टीमा पनि चरेस लिन लागेकाे बयान दिएका छन्। 

बयानपछि उनलाई आर्थर राेड कारागार चलान गरिएकाे थियाे। शुक्रबार किला अदालतले जमानत खारेज गरेपछि उनका वकिलले अब सेशन अदालतमा जमानतकाे अपिल गर्ने भएका छन्। 

अब जमानत प्राप्त नभएसम्म आर्यन जेलमै बस्नुपर्ने हुन्छ। उनले त्यहाँ कुनै विशेष सुविधा नपाउने पनि बताइएकाे छ। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आर्यनले घरकाे खाना पनि खान पाउने छैनन्। उनले ५ दिन जेलमा क्वारेन्टिनमा बस्नु पर्ने भएकाले तत्काल जेलभित्रै पनि हिँडडुल गर्न पाउने छैनन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पारसलाई भेटेपछि भरतमणि भन्छन्- 'उहाँ पुरानाे साथी जस्तै लाग्याे, डाइहार्ड फ्यान भएँ'

यो प्रस्तुतीकै कारण गृहजिल्ला भ्रमण गर्दा उनले युवराज जत्तिकै सम्मान पनि पाएका थिए। भरतमणिका फ्यानहरूलाई पारसले उक्त क्यारिकेचर हेरेर कस्ताे प्रतिक्रिया देलान् भन्ने काैतूहल पनि....

दीपेन्द्र के खनाललाई 'गाँठो' को छायाङ्कनले किन तान्यो?

निर्देशक खनालले धर्मा, चपली हाइट, भिजिलान्ते, झोले, पशुपति प्रसाद, चपली हाइट २, धनपति, आमा जस्ता फिल्म बनाए। तर यीमध्ये सर्वाधिक लोकप्रिय फिल्म भने पशुपति प्रसाद....

ड्रग्स केसमा शाहरुख खान र अनन्या पाण्डेकाे घरमा छापा

अनन्या पाण्डे चर्चित बलिउड कलाकार चंकी पाण्डेकी छाेरी हुन्।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि ब्यूराेले फेला....

नार्काेटिक्स पदार्थकाे डिल गरेका कारण शाहरुख खानका छाेरालाई मिलेन जमानत 

अदालतद्वारा जारी १८ पृष्ठकाे आदेशमा आर्यनकाे जमान खारेज हुनुकाे केही मुख्य कारण देखाइएकाे छ।  आर्यनसँग ड्रग्स फेला नपरे पनि उनका साथी अरबाजसँग ड्रग्स फेला परेकाे थियाे। उनीहरूले बयानका....

फिल्म क्षेत्र थला पर्दा कलाकार झगडामा व्यस्त

कलाकारलाई धेरैले पछ्याउँछन्। उनीहरुले कुरा राखे सरकारले छिटो सुन्ला भन्ने आशा चलचित्रसँग सम्बन्धित सबै संघसंस्थालाई छ। तर कलाकार मौन छन्। केही को महानायक भन्ने विवादमै ब्यस्त....