काठमाडाैंमा आजबाट दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

काठमाडाैंमा आजबाट दशैंलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

खाेप कार्यक्रम असोज २४ गतेसम्म सञ्चालन हुनेछ। खाेप लगाउन आउनेलाई भेरोसेलको पहिलो मात्रा खोप दिइनेछ।

महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले सेवा लिन सक्नेछन्। कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, “स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्षमाथिका सबैका लागि तीनदिने खोप कार्यक्रम चलाउन लागेका हौँ।”

खोप कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ।

२२ असोज, २०७८, ०८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।