फोटो कथा

आम्मामा असनको भिड : यो चहलपहलले कोरोना तर्सिएला त ! 

कृष्पा श्रेष्ठ


काठमाडौँ : असन अनि इन्द्रचोकको भिडले दसैँ आइसकेको सन्देश दियो। भिडभाड छ बजारमा। ठेलमठेल सुरु भइसक्यो। कोरोनाको नियमित प्रहारबाट थिलथिलो भएको व्यापार दशैले केही उँभो लगाइहाल्छ कि भनेर व्यापारीहरू हौसिएका छन्। 

तर २ वर्षदेखिको कोरोनाको प्रहारको मार व्यापारीहरूले मात्र कहाँ भोगेका हुन् र। उपभोक्ताले पनि भोगेकै छन्। बजार छिरेका उपभोक्ता किनमेलमा हौसिएका देखिन्छन्। तर व्यापारीहरूका अनुसार किनमेल त्यति उत्साहजनक छैन। दसैँ नजिकिएसँगै बजारमा भएको चहलपहलसँगै किनमेलले पनि गति लिने आस छ उनीहरूमा।

यसपालि पनि कोरोनाको डर छ नै। कोरोना विरुद्धको भ्याक्सिनका कारण जोखिम केही घटे पनि जोखिम शून्य भई नसकेको स्वास्थ्य मन्त्रालयको कोरोनाबारे दैनिक बुलेटिनले नै देखाउँछ। 

तर अघिल्लो दसैँ कोरोना प्रहारले त्यति खुलेर मनाउन नपाएकाहरू यो पाली कोरोनासँग तर्सिने मुडमा देखिएका छैनन्। बजारको भिडले त्यही देखाउँछ। तर स्वास्थ्यकर्मीहरू अझैँ भौतिक दुरी र अनिवार्य मास्कको पक्षमा छन्। अहिलेको भिडले दशैपछि अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढाउने उनीहरूमा चिन्ता देखिन्छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बलि खाएर खुसी हुँदै पाटनबाट बिदा भइन् नवदुर्गा

हरेक दसैँमा थेचोकी नवदुर्गालाई बाजागाजासहित पाटनको तलेजु भवानी मन्दिरमा ल्याउने गरिन्छ। महिषासुरसँग युद्ध जितेको उत्सवको रूपमा नाच देखाउने गरिन्छ। नाचमा सहभागी दुर्गाका प्रतीकहरूको सम्मानमा बली दिने गरिन्छ।....

बेमाैसमी वर्षाकाे ताण्डव (फोटोफिचर)

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार बाढी तथा पहिराेमा परी हालसम्म ३६ जनाकाे ज्यान गइसकेकाे छ भने ३२ जना बेपत्ता छन्। त्यस्तै १७ जना घाइते भएका....

सम्झनामा सराय नाच (फोटोफिचर)

एकादशीदेखि पूर्णिमाका दिनसम्म सराय नाच नाच्ने प्रचलन रहेको छ। किंवदन्तीअनुसार भगवान रामले रावण लगायतका राक्षसको बध गरी मानवजातिलाई मुक्ति दिलाएको खुसीयालीमा असत्यमाथि सत्यको विजयको प्रतीकका....

चङ्गा चेट...चेट...चेट

कतै न कतै चङ्गा पारखीहरू त भेटिएलान् नि भनेर डुल्दै जाँदा चोभारमा भेटिए चङ्गा प्रेमीहरू। सबै उमेर समूहकाहरु....

भुईँ छाड्ने प्रतिस्पर्धा

तर अहिले काठमाडौँ उपत्यकामा बिस्तारै पिङ हराउँदै गएको छ। खाली ठाउँको अभावमा पिङ हाल्न चाहनेहरूले पनि रहर पुरा....