बल्कोनीमा बसेर राधिकाले नियालिरहिन् ओलीलाई

बल्कोनीमा बसेर राधिकाले नियालिरहिन् ओलीलाई

काठमाडौँ : एमाले विधान महाधिवेशनमा सहभागी हुन राधिका शाक्य एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै गोदावरी पुगेकी थिइन्। कार्यक्रम स्थलमा प्रवेशका लागि उनको परिचय पत्र पनि बनेकै थियो। तर उनी मूल कार्यक्रम हलमा प्रवेश नै गरिनन्।

एमाले अध्यक्ष ओली सरासर मूल मञ्चमा गएर कार्यक्रमको प्रारम्भ गर्दै राजनीतिक प्रतिवेदन पढुन्जेलसम्म राधिकाले ओलीको गतिविधि नियालिरहेकी थिइन्।

उनले कार्यक्रममा सहभागीहरूलाई पनि हेरिरहेकी थिइन् तर मञ्चमा बसेर वा कार्यक्रम हलमा बसेर हैन। त्यसको ठिक विपरीतको बल्कोनीमा बसे।

ओलीको सुरक्षामा खटिने केही सुरक्षाकर्मी र सहयोगीसँगै शाक्य बल्कोनीमा बसेर मञ्चका गतिविधि हेरिरहेकी थिइन्।

ओलीलाई केही दिनदेखि सन्चो थिएन। त्यो राजनीतिक प्रतिवेदन पढ्दा पनि देखियो नै।

उनले बारम्बार खोकिरहँदा शाक्य बाल्कोनिमा थिइन्। निरन्तर खोकी लागेपछि उनले राजनीतिक प्रतिवेदन पढ्ने जिम्मा शङ्कर पोखरेललाई दिएर आफू हल नजिकैको कोठा आराम गर्न हिँडे।

जब ओली मञ्चबाट अर्को कोठामा आरामका लागि गए राधिका पनि बल्कोनीबाट झरिन्।

१५ असोज, २०७८, २३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।