शब्दमाला

पद्मश्री साहित्य मोक्षभूमीलाई, पद्मश्री साधना भक्तराजलाई

उकेरा संवाददाता


काठमाडौँ : २०७७ को पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास 'मोक्ष भूमि' ले पाएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेका अनुसार पद्मश्री साधना सम्मान भजन शिरोमणि भक्तराज आचार्यलाई प्रदान गरिने निर्णय भएको छ।

'२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ,' लामिछानेले ट्विट गर्दै जानकारी सार्वजनिक गरेका छन्।

पुरस्कार र सम्मान दुवैको राशि तीन-तीन लाख रुपैयाँ रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

दुई मुक्तक संग्रह एकसाथ लोकार्पण

समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनामा पनौती नगरपालिका सभा हलमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टा, साहित्यकार एवं पनौती नगरपालिकाका मेयर भीम न्यौपाने दुवै कृतिबारे प्रकाश पारेका थिए।....

'फातसुङ'को अङ्ग्रेजी अनुवाद तीन देशबाट एकसाथ सार्वजनिक

लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन्। पुस्तक एकसाथ यी तीनै देशमा सार्वजनिक....

टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित  

पुस्तक सार्वजनिक गरिएको कार्यक्रममा समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले अब निबन्ध ‘टेबुल गफ’मात्रै हो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताए। उनले श्रेष्ठका निबन्धहरू नेपाली साहित्यको सन्दर्भमा सशक्त....

‘बाघ बन्न चाहने बिरालो’ पुस्तक प्रकाशित

विनोद भण्डारीको अनुवादमा जेन लिरोई र विरेन्गेरी देलापोर्टको बाल पुस्तक नेपाली भाषामा प्रकाशित भएको हो। यो पुस्तक कथालय इन्कले प्रकाशन गरेको छ। पुस्तक पाटे नामक....

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुङ्गेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्व सचिव एवं साहित्यकार डा. सुधा शर्मा....