उकेरा अर्थ

दुर्घटना टरेको बुद्धको विमान : एउटा २३ वर्ष पुरानो , अर्को १४ वर्ष


काठमाडौँ : एकै दिन बुद्ध एयरको २ वटा विमानमा गम्भीर प्राविधिक समस्या देखिएको छ। ७३ जना यात्रु बोकेर काठमाडौँबाट विराटनगरका लागि उडेको 9N-ANI र काठमाडौँबाट पोखराका लागि उडेको 9N-AJO जहाजमा गम्भीर प्राविधिक समस्या देखिएको हो।

विराटनगरका लागि गएको प्लेन अवतरण गर्ने क्रममा पाङ्ग्रा नखुलेपछि काठमाडौँ फर्किएको थियो। काठमाडौँको आकाशमा २ घण्टा होल्ड भएको प्लेनको पाङ्ग्रा खुलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको थियो। 

काठमाडौँबाट पोखराका लागि उडेको 9N-AJO जहाजको ककपिटमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको थियो। सो विमानको ककपिटमा धुवाँ देखिएको थियो। विमान ठिकै भएको भन्दै सो विमान आइतबारै उडाइयो।

यसरी अवतरण भयाे पाङ्ग्रा अड्किएकाे बुद्ध एयरकाे विमान (भिडियाेसहित)

बुद्धले विराटनगरका लागि उडेको प्लेनबारे विज्ञप्तिमार्फत जानकारी गराएपछि पोखरा उडेको प्लेनमा भएको के हो सो खुलाएको छैन। विज्ञप्तिमा 9N-ANI को ल्यान्डिङ गियरको इन्डिकेटरमा समस्या देखिएको दाबी गरेको छ। विमानको प्राविधिक गडबडीबारे विस्तृत उल्लेख गरेको छैन।

दुवै जहाज सेकेन्ड ह्यान्ड

गम्भीर प्राविधिक समस्या देखिएका दुवै जहाज सेकेन्ड ह्यान्ड हुन्। विराटनगर जाँदा गम्भीर प्राविधिक समस्या देखिएको 9N-ANI १४ वर्ष पुरानो जहाज हो। बुद्धले यो प्लेन किनेर नेपालमा ल्याउनु अगाडि भारतको किङफिसर र जेटकोनेक्टले यो प्लेन उडाउने गरेको थियो। बुद्धले २०१९-९-१४ बाट यो प्लेन नेपाल ल्याएर उडाउन थालेको हो। यो प्लेन पहिलो पटक सन् २००७-१२-५ मा उडेको थियो।

बुद्धले २०१९ मा १४ वर्ष पुरानो विमान खरिद गर्नु अगाडि किङफिसर र जेटकोनेक्टले उडाउँथे 

पोखरा जाँदा समस्या देखिएको अर्को प्लेन त झन् २४ वर्ष पुरानो हो। फ्रान्सको एयर ताहितीले प्रयोग गरेको यो प्लेन भारतको एयर डेकनले प्रयोग गरिरहेको अवस्थामा बुद्धले सन् २०१० मा किनेर नेपाल ल्याएको हो।

यो प्लेन पहिलो पटक सन् १९९७ मा उडेको थियो। सन् २०१२ मा काठमाडौँबाट विराटनगर जानेक्रममा यो प्लेन चरासँग ठोक्किएको थियो। सो घटनामा प्लेनमा सामान्य क्षति पुगेको थियो।

*हेडलाइन परिवर्तन गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारी थाइल्यान्डको प्राविधिक टोली नेपालमा

विमानस्थल निर्माण सम्पन्न भएपछि हवाई उडान ठिक भए, नभएकोबारे परीक्षण उडान गर्नुपर्ने हुन्छ। त्यसका लागि परीक्षण उडान गर्नुपर्दछ। कोरोना सङ्क्रमणका कारण थाई कम्पनी केही ढिला....

नेशनल लाइफको एकै दिन २० करोडको सेयर कारोबार , नेप्सेमा झिनो सुधार

 बिहीबार नेप्से परिसूचक ३.२९ अङ्कले बढेर २७७९.९३ विन्दुमा पुगेर बन्द भएको छ। बिहीबार सेन्सेटिभ इन्डेक्स ०.३८ अङ्क र फ्लोट इन्डेक्स ०.०५ अङ्क बढेको छ। सेन्सेटिभ....

भिजिट भिसामा युएई लगेर अलपत्र पार्नेहरूलाई कारबाही गर्न नेपाल र युएईबिच छलफल

रोजगारीको आसमा भिजिट भिसामा युएई पुगेका नेपालीहरू अलपत्र परेपछि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले यसबारे अनुगमन गर्दा यस्तो देखिएको हो। दलाललाई लाखौँ रकम तिरेर भिजिट....

प्रि ओपनमा नेप्से २.२४ अङ्कले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २ हजार ७ सय ७८ दशमलव ८८ विन्दुमा पुगेको छ। यस अवधिमा कारोबारमा आएका १४ ओटा कम्पनीको ३ हजार ४....

नेप्से परिसूचक फेरि २७ सय बिन्दुमा, सबै उपसमूह राताम्मे 

२३३ कम्पनीका ९३ लाख ५८ हजार ७ सय कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको स्टक....