उकेरा अपडेट

जबजको च्याप्टर क्लोज भयो भन्ने झाँक्रीको यूटर्न : जबजलाई मार्गदर्शक सिद्धान्त बनाउन माग

उकेरा संवाददाता


काठमाडौँ : एमाले पूर्व महासचिव मदन भण्डारीको जनताको बहुदलीय जनवाद अब मार्गदर्शक सिद्धान्त हुन नसक्ने वकालत गर्दै आएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री जबजको पक्षमा उभिएकी छिन्।

अब मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाउँदै समाजवादमा जाने वकालत गर्दै आएकी झाँक्रीले एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकमा जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने प्रस्ताव ल्याएकी हुन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भएको सामूहिक छलफलमा समूह नम्बर १ कि नेता झाँक्रीले जबजले नै कम्युनिस्ट आन्दोलन अगाडि बढाएको बताउँदै यसबारे महाधिवेशनबाट निर्णय गर्नुपर्ने प्रस्ताव गरेकी थिइन्।

एकीकृत समाजवादीले जबजलाई मार्गनिर्देशक सिद्धान्त नमान्ने प्रस्ताव बनाएपछि झाँक्री यसको पक्षमा सार्वजनिक वकालतमा सबैभन्दा सक्रिय थिइन्। नेकपा एमालेले जबजलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्विकार्दै आएको छ।


एकीकृत समाजवादीले मार्क्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने प्रस्ताव गरेको छ। बैठकमा नेपालले जबजलाई देवत्वकरण र कुरुपीकरण नभई सिर्जनात्मक प्रयोग गरिने बताएको एक सहभागीले बताए।

एमालेबाट विभाजित भएसँगै जबज छाडेपछि एकीकृत आउन तयार भएका वामदेव गौतमले जबज अस्वीकार गरे एकीकृतमा आउन नसक्ने बताउँदा झाँक्रीले अब जबजको च्याप्टर क्लोज भएको टिप्पणी गरेकी थिइन। एकाएक उनले पार्टीमा जबजको वकालत गर्नुलाई पार्टीका नेताले अर्थपूर्ण रूपमा हेरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानन्यायाधीशविरुद्ध बारको निर्णय : राजीनामा नगरे आन्दोलन

बार सल्लाहकार समितिको सुझावपछि केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन।  ‘सहज रूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने....

लेबनानको सडकमा नेपाली सेनाको रङरोगन

मिसन टोलीले विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूलाई नेपाली शान्ति सैनिक युनिटको तर्फबाट स्टेशनरी सामानहरू र डेण्टल हाईजिन किट  वितरण गरेको छ।  सैनिक जनसम्पर्क....

देउवासँग पौडेलको माग : केन्द्रीय समितिको बैठक बोलाइयोस्

पार्टी पदाधिकारीको बैठकमा पौडेलले पार्टीको १४ औँ महाधिवेशनको मिति सार्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन्।  सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिलाई मङ्सिरभित्र महाधिवेशन....

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन 

कार्तिक ४ गते प्रदेश सभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।  नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त शाक्य अल्पमतमा....

अफगानी महिलाहरूको प्रश्न : दुनियाँले हामी मरिरहेको शान्तसँग किन हेरिरहेको छ ?

अफगानिस्तानको सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय निष्क्रिय र मौन बसेको भन्दै उनीहरूले ब्यानर लिएर काबुलको सडकमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी महिलाको हातमा पोस्टर थियो जसमा....