उकेरा अपडेट

सरकारी चिकित्सकको व्यवहारले सरकारी सेवा बिग्रेको दाबी गर्दै स्वास्थ्य राज्य मन्त्रीले भने : डा. कति बजेसम्म बस्ने हो?

उकेरा संवाददाता


काठमाडौँ : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा समस्या बढ्नुमा सरकारी चिकित्सकहरूको व्यवहार प्रमुख कारण रहेको दाबी गरे।

सांसदहरूमाझ उनले बुधवार सरकारी अस्पतालमा काम छोडेर चिकित्सकहरू निजी अस्पतालमा धाउनाले सरकारी अस्पतालको सेवामा समस्या उत्पन्न भएको उनको दाबी गरे।

'डा. कति बजेसम्म बस्ने हो भन्ने अनुगमन गर्नुपर्ने देखियो,' उनले भने।

बुधवार उनी संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा  ‘डायलासिस’ सम्बन्धी बैठकमा बोल्दै थिए। बैठकमा सांसदहरूले मिर्गौला बिरामीले सरकारी अस्पतालमा उपचारका लागि पाएको सास्तीबारे बताएपछि उनले सरकारी अस्पतालमा मिर्गौला पीडित बिरामीले उपचारका लागि दुई वर्षसम्म कुर्नु पर्ने अवस्था रहेको स्विकारेका थिए।

सरकारी अस्पतालमा सामान्य शल्यक्रियाका लागि समेत लामो समय कुर्नुपर्ने बाध्यता रहेको स्विकार्दै श्रेष्ठले भने,‘सामान्य अप्रेसन गर्न ६ महिना पर्खनुपर्छ।’

उनले सरकारी अस्पतालमा मिर्गौला रोगको उपचारका लागि चिकित्सक लगायत जनशक्तिको समेत कमी रहेको दाबी गरेका थिए।

डायलासिस सेवा सर्वसुलभ बनाउन योजना बनाइरहेको दाबी गरेका उनले सरकारी स्वास्थ्य संस्थामा व्यवस्थापनकै समस्या देखिएको तर्क गरेका थिए। मन्त्री श्रेष्ठले भने,‘सबै भन्दा ठुलो समस्या व्यवस्थापनको हो। यसलाई परिवर्तन गर्नुपर्‍यो।’

शिक्षा तथा स्वास्थ्य समितिका सदस्य खगराज अधिकारीले  निजी अस्पतालले बिरामी र सरकार दुवैतर्फबाट मिर्गौला पीडित बिरामीबाट पैसा लिने गरेकाले प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका थिए।

उनले भने,‘अनुगमन कमजोर छ। अनुगमन होस।’

समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गौला पीडितले बिरामीले डायलासिसका लागि पालो कुर्दाकुर्दै मृत्यु भएको सुन्ने गरेको बताए। उनले भने,‘डायलायसिसका लागि पालो कुर्दाकुर्दै बिरामीको मृत्यु भएको भन्ने सुनेका छौँ। यो निक्कै गम्भीर कुरा हो।’
समिति सदस्य हितबहादुर तामाङले  नेपालमा मिर्गौला सम्बन्धी छुट्टै अस्पताल नभएकाले छुट्टै अस्पताल बनाउनुपर्ने माग गरे।

समितिका सदस्य एकवाल मियाँले नेपालमा वास्तविक रूपमा डायलिसिस गर्न कति खर्च लाग्छ? बिरामीको चाप अनुसार मेसिनको व्यवस्था छ-छैन भन्ने यकिन हुनुपर्ने बताएका थिए। उनले भने,‘मेसिन कति चाहिन्छ यकिन हुनुपर्छ।’

पाँच हजार बढी बिरामी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले समितिमा डायलिसिस सेवा सम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए।

लोहनीले गत वर्ष पाँच हजार सात सय ९७ मिर्गौला पीडित बिरामीले अस्पतालमा मिर्गौला रोगको उपचार गराएको बताए।

गत वर्ष प्रदेश–१ मा नौ सय ६ जना र प्रदेश–२ मा चार सय ५३ जनाले डायलिसिस गराएको उनले खुलाए।

बागमती प्रदेशमा सबैभन्दा बढी दुई हजार ६ सय पाँच जनाले डायलासिस गरेका थिए भने गण्डकी प्रदेशमा चार सय ७० जनाले डायलासिस गराएका थिए। त्यसै गरी बागमतीपछि दोस्रो बढी  डायलासिस गराउनेको सङ्ख्या लुम्बिन प्रदेश  छ। लुम्बिनीमा एक हजार एक सय ४६ जनाले डायलासिस गराएका थिए।

कर्णालीमा ४७ जना मिर्गौला पीडितले डायलासिस गराएका थिए। सुदूरपश्चिम प्रदेशमा गत वर्ष  डायलासिस गराउनेको सङ्ख्या एक सय ७० रहेको छ।

चार सय ९६ हेमाडायलासिस मेसिन छन्
मन्त्रालयकारतर्फबाट डा. लोहनिले प्रस्तुत गरेको रिपोर्ट अनुसार नेपालमा चार सय ९६ वटा डायलासिस गर्ने ‘हेमाडायलासिस’ मेसिन छन्। जसमध्ये प्रदेश–१ मा ५७ वटा, प्रदेश–२ मा ३५ वटा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै दुई सय ७० वटा  हेमाडायलासिस मेसिन छन्।

त्यसै गरी गण्डकी प्रदेशमा ५८ वटा, लुम्बिनी प्रदेशमा ६८ वटा मेसीन छन्। कर्णाली प्रदेशमा सबैभन्दा कम ३ वटा मेसिन छन् भने सुदूरपश्चिम प्रदेशमा ५ वटा हेमाडायलासिस मेसिन रहेको डा. लोहनीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानन्यायाधीशविरुद्ध बारको निर्णय : राजीनामा नगरे आन्दोलन

बार सल्लाहकार समितिको सुझावपछि केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन।  ‘सहज रूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने....

लेबनानको सडकमा नेपाली सेनाको रङरोगन

मिसन टोलीले विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूलाई नेपाली शान्ति सैनिक युनिटको तर्फबाट स्टेशनरी सामानहरू र डेण्टल हाईजिन किट  वितरण गरेको छ।  सैनिक जनसम्पर्क....

देउवासँग पौडेलको माग : केन्द्रीय समितिको बैठक बोलाइयोस्

पार्टी पदाधिकारीको बैठकमा पौडेलले पार्टीको १४ औँ महाधिवेशनको मिति सार्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन्।  सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिलाई मङ्सिरभित्र महाधिवेशन....

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन 

कार्तिक ४ गते प्रदेश सभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।  नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त शाक्य अल्पमतमा....

अफगानी महिलाहरूको प्रश्न : दुनियाँले हामी मरिरहेको शान्तसँग किन हेरिरहेको छ ?

अफगानिस्तानको सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय निष्क्रिय र मौन बसेको भन्दै उनीहरूले ब्यानर लिएर काबुलको सडकमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी महिलाको हातमा पोस्टर थियो जसमा....