उकेरा अपडेट

यसवर्षकाे किताब जात्रा असाेज १० देखि

उकेरा संवाददाता


काठमाडाैंः हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ यसवर्ष असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ। फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्ष ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो।

‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७८’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने।

'किताब जात्रा’ असोज १० गतेबाट बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजनमा हेर्न सकिनेछ।    

जनजीवनको अभिन्न अंग पठनसंस्कृति बन्नुपर्छ भन्ने ध्येय स्थापित गर्न फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’को यो चौथो संस्करण हो। समाजका विभिन्न क्षेत्रका व्यक्तित्त्वबीच अन्तरक्रिया गरिने जात्रामा साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्त्वहरू समावेश ८ वटा सेसनका साथै विशेष र काव्यिक प्रस्तुति पनि रहने फाउन्डेसनका सचिव कला अनुरागीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानन्यायाधीशविरुद्ध बारको निर्णय : राजीनामा नगरे आन्दोलन

बार सल्लाहकार समितिको सुझावपछि केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन।  ‘सहज रूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने....

लेबनानको सडकमा नेपाली सेनाको रङरोगन

मिसन टोलीले विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूलाई नेपाली शान्ति सैनिक युनिटको तर्फबाट स्टेशनरी सामानहरू र डेण्टल हाईजिन किट  वितरण गरेको छ।  सैनिक जनसम्पर्क....

देउवासँग पौडेलको माग : केन्द्रीय समितिको बैठक बोलाइयोस्

पार्टी पदाधिकारीको बैठकमा पौडेलले पार्टीको १४ औँ महाधिवेशनको मिति सार्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन्।  सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिलाई मङ्सिरभित्र महाधिवेशन....

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन 

कार्तिक ४ गते प्रदेश सभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।  नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त शाक्य अल्पमतमा....

अफगानी महिलाहरूको प्रश्न : दुनियाँले हामी मरिरहेको शान्तसँग किन हेरिरहेको छ ?

अफगानिस्तानको सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय निष्क्रिय र मौन बसेको भन्दै उनीहरूले ब्यानर लिएर काबुलको सडकमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी महिलाको हातमा पोस्टर थियो जसमा....