उकेरा अपडेट

स्थायी कमिटी बैठकमा प्रचण्डले भने: भाेलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

उकेरा संवाददाता


काठमाडाैंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा उनले भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएकाे प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

बैठकमा प्रचण्डले राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका थिए। वर्तमान सरकार गठन भएको लामो समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सरकारको काम कारबाहीमा समस्या आएको उनले बताएका थिए। 

राजनीतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बिहीबार संसद्मा प्रतिस्थापन विधेयक पेश गर्ने सरकारले तयारी गरेको प्रवक्ता महराले बताए। “भोलि संसद् बस्दैछ, आज पाँच दलको बैठक छ, त्यसपछि टुङ्गो लाग्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रधानन्यायाधीशविरुद्ध बारको निर्णय : राजीनामा नगरे आन्दोलन

बार सल्लाहकार समितिको सुझावपछि केन्द्रीय समितिको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन।  ‘सहज रूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गर्ने....

लेबनानको सडकमा नेपाली सेनाको रङरोगन

मिसन टोलीले विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूलाई नेपाली शान्ति सैनिक युनिटको तर्फबाट स्टेशनरी सामानहरू र डेण्टल हाईजिन किट  वितरण गरेको छ।  सैनिक जनसम्पर्क....

देउवासँग पौडेलको माग : केन्द्रीय समितिको बैठक बोलाइयोस्

पार्टी पदाधिकारीको बैठकमा पौडेलले पार्टीको १४ औँ महाधिवेशनको मिति सार्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका हुन्।  सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिलाई मङ्सिरभित्र महाधिवेशन....

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन 

कार्तिक ४ गते प्रदेश सभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।  नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त शाक्य अल्पमतमा....

अफगानी महिलाहरूको प्रश्न : दुनियाँले हामी मरिरहेको शान्तसँग किन हेरिरहेको छ ?

अफगानिस्तानको सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय निष्क्रिय र मौन बसेको भन्दै उनीहरूले ब्यानर लिएर काबुलको सडकमा विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागी महिलाको हातमा पोस्टर थियो जसमा....