बुटवल चुरे पहिरो विस्थापितलाई घरबहाल रकम दिइने

बुटवल चुरे पहिरो विस्थापितलाई घरबहाल रकम दिइने

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले पहिरोले घर पुरिएका र पहिरोकै कारण विस्थापित भएकाहरूलाई रकम दिइने बताए। स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले गरिरहेको निरन्तरको विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनर्स्थापनाका कामलाई सहकार्यमा थप प्रभावकारी बनाउने समेत निर्णय गरेको छ। 

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार चुरे क्षेत्रमा रहेका वडा नं. १, २, ३, ४, ५, ६, ११, १२, १३, १७, १८ मा भएकाे क्षतिको विवरणसहित जिल्ला विपद व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको छ।

बुटवलको ज्योनिगरमा भदौ दोस्रो साता र असोज पहिलो साता गएको पहिरोले दर्जन बढी घर पुरिएको छ भने २ दर्जन भन्दा बढी घर उच्च जोखिममा छन्।  

यसअघि भदौ १३ गते आएको भीषण वर्षाले बुटवल– ३ र ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा गएको पहिरो पुनः हटाउन सुरु गरिएको छ। वर्षाका कारण पहिरो निरन्तर हटाउने प्रयास उपमहानगरपालिकाले गरेको भए पनि पहिरो हटाउन सकेको थिएन। 

६ असोज, २०७८, १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।