अपहरणका योजनाकार दाइ अझै फरार, सहयोगी भाइ नै वर्षपछि पक्राउ

अपहरणका योजनाकार दाइ अझै फरार, सहयोगी भाइ नै वर्षपछि पक्राउ
फरार भिमसेन र राजेन्द्र ( आँखामा कालो टेप)

उनको अपहरण भारतीय नागरिक रोहित पाहिवाल अग्रवाल र नुवाकोटका भीमसेन पण्डितको योजनामा भएको खुलेको थियो। पाहिवाल लगायतकाहरु पक्राउ परे पनि भीमसेन र उनका भाइ राजेन्द्र भने फरार थिए। मुख्य योजनाकार भीमसेन फेला नपरे पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनको भाइ राजेन्द्रलाई बुधवार नुवाकोटको विदुरमा पक्राउ गरेको छ।

राजेन्द्र विरुद्ध अपहरण तथा शरीर बन्धकको अभियोगमा अदालतबाट नौ वर्ष कैद र पचास हजार जरिवानाको फैसला भइसकेको छ। उनी विरुद्ध श्रेष्ठको अपहरणपछि उनलाई बन्धक बनाएर राखेको स्थानको रेखदेख गरेको अभियोग थियो। अपहरणमा संलग्न नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, काठमाडौँका गौतम योञ्जन, भारतका रोहित पालिवाल पक्राउ परिसकेका छन्।

पाहिवाल र पण्डित समूह नेपालका चिकित्सकहरूको अपहरणमा कहिलएका समूह हुन्। उनीहरूले नौ भन्दा बढी अपहरण गरेको आरोपमा पक्राउ परे पनि धरौटीमा छुटेका थिए। धरौटीमा छुटेका उनीहरू पुन पुरानै धन्दामा फर्किएर चिकित्सक भक्तमानको अपहरण गरेका थिए।

गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई धरौटी छाड्ने न्यायाधीशहरू भक्तमानको अपहरणको घटनाका योजनाकारहरू खुलेपछि तत्कालीन न्यायाधीश रणबहादुर बम, हरिबहादुर बस्नेत र तेजबहादुर कार्कीमाथि छानबिन भएको थियो।

छानिवनकैक्रममा बस्नेतले राजीनामा दिए। बमको हत्या भयो। बर्खास्तमा परेका कार्कीलाई सर्वोच्चले पछि सफाइ दिएको थियो।

६ असोज, २०७८, १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।