डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त ११ वर्षपछि पक्राउ

डा. भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त ११ वर्षपछि पक्राउ

कार्यकारी निर्देशक श्रेष्ठ ०६७ जेठ ४ गते अपहरणमा परेका थिए। उनलाई भरतपुरकाे हाकिमचोकस्थित हिमचुली विकास बैंक नजिकबाट १२/१५ जनाको समूहले अपहरण गरि १९ दिनसम्म बन्धक बनाएका थिए। अपहरणकारीले फिरौतीबापत एक कराेड १० लाख बराबरकाे साढे ३ किलो सुन लिएपछी ०६७ जेठ २२ मा उनलाई अपहरणमुक्त गरेका थिए।

साे अपहरण मुद्दामा फरार रहेका राजेन्द्र पण्डितलाई ब्यूराेकाे टाेलीले पक्राउ गरेकाे हाे। ४५ वर्षीय पण्डित भारतको विभिन्न स्थानहरूमा लुकीछिपि बस्दै आएकाे र हाल नेपाल आएको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दै जाँदा उनलाई मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडाैं पठाइएको छ।

साथै, उनलाई फैसला कार्यान्वयनको सिलसिलामा ०७० माघ २१ गतेकाे पुनरावेदन अदालत हेटौँडाबाट मुलुकी ऐन (२०२०) अपहरण तथा शरीर बन्धक लिनेको महलको ३ नं. बमोजिम ७ वर्ष कैद र सोही महलको ७ नं. बमोजिम २ वर्ष थप कैद गरी जम्मा ९ वर्ष कैद र ५०हजार जरिवाना ठहर गरिएकाे छ। 

६ असोज, २०७८, १६:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।