अख्तियारले प्रतिशाेध राखेर झुटा मुद्दा चलायाे: कांग्रेस उपसभापति गच्छदार

अख्तियारले प्रतिशाेध राखेर झुटा मुद्दा चलायाे: कांग्रेस उपसभापति गच्छदार

उनले ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा चलाउँदा निष्पक्ष नभएको समेत बताए। ‘छानीछानी मुद्दा चलाइएको छ। काखा र पाखा गरिएको छ।' गच्छदारले आफू लाेकतन्त्रमा विश्वास गर्ने बताउँदै अख्तियारले लगाएकाे झुटा मुद्दाबाट न्याय पाउनेमा आशावादी रहेकाे बताए। 

उनले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्त्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले ललिता निवाससम्बन्धी गुरुयोजना कार्यान्वयन गर्न टिप्पणी मात्र अघि बढाएको बताए। साे प्रस्ताव मन्त्रिपरिषद्बाट सर्वसम्मत निर्णयले पारित भएको बताउँदै उनले आफू निर्दाेष रहेकाे र प्रधानमन्त्रीकाे निर्देशनमा उक्त फायल अघि बढाएकाे पनि बताए। उनले भने, ‘सरकारको गुरुयोजना कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त फायल अघि बढेको हो।'

अख्तियारले ०७६ माघ २२ मा गच्छदारलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

६ असोज, २०७८, १५:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।