परराष्ट्रमन्त्रीमा नियुक्त खड्काले लिए शपथ, आजै अमेरिका जाने 

परराष्ट्रमन्त्रीमा नियुक्त खड्काले लिए शपथ, आजै अमेरिका जाने 
तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्रमन्त्रीमा नियुक्त डा. नारायण खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले खड्कालाई आज परराष्ट्र मन्त्रालय तोकेर मन्त्रीमा नियुक्त गरेकी थिइन्।

मन्त्री खड्का आजै परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेर राष्ट्र सङ्घीय महासभामा नेपालको नेतृत्व गर्दै अमेरिका जादैछन्।

६ असोज, २०७८, १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।