नायिका प्रियङ्का बनिन् छोरी आयंकाकी आमा 

नायिका प्रियङ्का बनिन् छोरी आयंकाकी आमा 

काठमाडौँ : नायिका प्रियङ्का कार्की आमा बनेकी छन्। उनले छोरी जन्माएकी छिन्।

उनका श्रीमान् नायक आयुशमान देशराज जोशी छोरीको बुबा बनेका छन्। ‘हाम्री सानी परी, संसारमा स्वागत छ। हाम्रो जिन्दगीमा स्वागत छ,आयांका कार्की जोशी,’ प्रियङ्काले सामाजिक सञ्जालमा लेखेकी छन्। 

योसँगै उनका शुभचिन्तकले बधाई दिने क्रम सुरु भएको छ।

प्रियङ्का गर्भवती भएको खबर बाहिरिएसँगै महिला र गर्भावस्थाका बारेमा ठुलै बहस सिर्जना भएको थियो। उनले बेबी बम्प देखाएर स्विमिङ पुलमा फोटो सुट गरेपछि आलोचना खेप्न परेको थियो।

६ असोज, २०७८, १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।